
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणसँग खर्च गर्ने रकम नभएको बताएका छन् ।
शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन् । उनले प्राधिकरणसँग क्यास रकम नहुँदा आयोजना भुक्तानी दिन नसकिएको बताए ।
चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको बताएका छन्।
प्राधिकरणले जुन भुक्तानी दिन अहिलेसम्म नसकिएको बताए । उनले हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर, मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको बताए ।
उनले २ अर्ब ४७ करोड कलरचालु खातामा रहेको भन्दै उनले दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा रहेको बताए ।
उनले यसरी निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेकाले १० अर्ब सम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढाएका बताए ।
उनले आर्थिक वर्ष २०८०र०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकलिन दायित्व वापत ४७ अर्ब २४ करोड र धरौटी बापत २४ अर्ब ११ करोड दायित्व रहेको बताए ।
उनले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको व्याज २९।५ अर्ब र टनकपुर विद्युत वापत ३ अर्ब गरी कुल ३२।५ अर्ब दायित्व बाँकी रहेको बताए ।