
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन, भोली आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख गरिएको छ। राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने छ ।
साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने छ । ०८२ सालको यो पहिलो ग्रहण हो ।
शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।