Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
- जेन जी पुस्ताको प्रदर्शनलाइ मेयर बालेन्द्र शाहको समर्थन
- कांग्रेसद्धारा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गर्ने उल्लेख
- आज खग्रास चन्द्रग्रहण लाग्ने ||
- राष्ट्रपति पौडेलले गरे ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकन
- भोली आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने
- सर्वोच्चको आदेशले स्थानीय त्रसित, थप २० मिटरले स्थानीय घरवारबिहिन
Author: SonyOtv Media
काठमाडौँ । पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लामा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यो राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा गाडी र यात्रु अलपत्र परेका छन् ।
काठमाडौँ । नेपाल तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आगामी असोज ५ र ६ गते बस्ने गरी बैठक बोलाइएको हो । नेपाल तरुण दलको विधान संशोधित मस्यौदाबारे छलफलसहित निर्माणार्थ प्रस्तुत गर्नको लागि बैठक आह्वान भएको कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी दिएका छन् । बैठक भक्तपुरको लोकन्थली स्थित दिव्यश्वरी पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने बताइएको छ ।
काठमाडौं । सभामुख देवराज घिमिरेले भदौ १२ मा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअोवादी केन्द्रले संसद अवरोध गरेको छ । आज बुधबार सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए । सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका छन् । त्यसपछि सभामुखले एमाले नेता रघुजी पन्तलाई बोल्न दिएका छन् । पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका…
काठमाडौं। अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिकाको हिलेखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना यात्रु घाइते भएका छन् । छत्रदेव गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज ४७६३ नम्बरको जीप आज बिहान शितगंगा–१२ हिलेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा छत्रदेव–५ टुनिचौरका ६५ वर्षका रामप्रसाद पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले बताएका छन् । दुर्घटना घाइते भएका नौ जनामध्ये छत्रदेव–५ का चुराबहादुर खत्री, सावित्रा विक र दीक्षा पौडेललाई थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अरू घाइतेहरू अनिता परियार…
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खाली रहेका वन क्षेत्रमा कृषिबाली र फलफूल खेती गर्न मिल्ने निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले वन क्षेत्र भएपनि रुख विरुवा नभएका जग्गामा खेती गर्न दिने व्यवस्था गर्न लागिएको बताएका छन् । यसले राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जाने र देशमा आत्मर्भिरता बढ्ने बताए । उनले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिँदै जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने…
काठमाडौ । संगीत र गायनका दोभान भनेर चिनिने सुमधुर स्वरका धनी गायक तथा संगीतकार राज सागरको स्वरमा “मलाई पनि तिमी सँगै” गीत सार्वजनिक भएको छ। आफ्नी स्वर्गीय हाजुरआमा खड्गा देवी कार्कीको सम्झनामा भुवन कार्कीको प्रस्तुती रहेको उक्त गीतकी कार्यकारी निर्माता भने आरोही कार्की रहेकी छिन। उक्त गीतको निर्देशन नितिन चन्दले गरेका छन भने स्वर राज सागरको रहेको छ। त्यसैगरी विक्रम पोख्रेल, कविता न्यौपाने र भुवन कार्कीको अभिनय रहेको छ। अहिले उक्त गीत ःबबिष् एबलष् त्ष्mष् क्बलनबष् ्र च्बव क्बनबच्र द्यजगधबल प्बचपष् ्र द्यष्पचबm ्र प्बदष्तब टाइटलमा ग्च क्तथभि त्ख् ल्भतधयचप नामको युट्युब च्यानलमा सार्वजिक भइसकेको छ। पछिल्लो समय रिलिज भएको…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादीं) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साहित गर्नका लागि उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताए । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक चौधरीले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनले उनीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरे । उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको बताएका छन् । उनले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि बताएका छन् । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले…
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले दसैँ लगायतका चाडपर्वमा यातायात आवागमनमा समस्या नहुने गरी सडक पूर्वाधार मर्मतको काम सुरु गरेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री दाहालले दसैँको बेलामा सडक यातायातमा हुने चापलाई मध्यनजर राखेर दुई तरिकाबाट सरकारले बाटो मर्मत गरिरहेको बताए । उनले नियमित रूपले बनाउने सडक पूर्वाधारसँगै वर्षातको कारणले सडकमा भएका खाल्डाखुल्डी पुर्नेगरी सडक मर्मतको काम अघि बढेका उल्लेख गरेका छन् । उनले संघीय सरकारको मातहतमा रहेका राष्ट्रिय र रणनीतिक सडक मर्मतका लागि ठेक्का लागेर काम भइरहेको जानकारी दिएका छन् । उनले संघीय…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । मनोनीत सदस्यहरूमा खुम सुवेदी, बीरबहादुर महरा, दिपेन्द्र पाण्डे ‘कपिल’, लक्की कार्की क्षेत्री, छिरिङ डोल्मा शेर्पा, दिनेश मगर, यज्ञमूर्ति आचार्य, रामप्रसाद पञ्जियार, ईश्वर लामिछाने र जंगबहादुर लामा रहेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनीत गरेको जानकारी दिएका छन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका सांसद हितबहादुर तामाङले सरकारले पुरस्कृत गर्नुपर्ने कुलमान घिसिङ जस्तो मान्छेलाई ह्यारेस्मेन्ट गरेको भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रमुख नेताहरूले विरोध गरेकै कारण सुदूरपश्चिमका ९‚ १० युवाहरूलाई गिरफ्तार र थुन्ने काम गरेको उल्लेख गरेका छन् । वर्तमान सरकारले एनसेल नवीकरणको नाममा अरबौको चलखेल भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद तामाङले वर्तमान गठबन्धन अपवित्र र अप्राकृतिक भएकोमा पनि आपत्ति जनाए । सरकार गलत नियत र उद्देश्यले बनेको प्रमाणित भइसकेको पनि उल्लेख गरेका छन् । सांसद तामाङले संविधान संशोधनको विरोधी नेकपा माओवादी नभएको भन्दै जनताको हितको पक्षमा परिवर्तन…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.