Author: SonyOtv Media

काठमाण्डौ । शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । बुधबार आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन । आज बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास…

Read More

काठमाडौँ । इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए । इरान खराब ट्राफिक प्रणाली भएको देशका रूपमा परिचित छ र यहाँ हरेक वर्ष २० हजार जना मानिसले गाडी दुर्घटनामा मृत्यु भएका छन् ।

Read More

काठमाडौँ । पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ जना पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मृत्यु भएकामध्ये ६ जना नेपाली छन् । त्यस्तै भारतका ११, मलेसियाका दुई, युक्रेन र बेलायतका एकरएक जनाको मृत्यु भएको आयोजना प्रमुख रविन कडरियाले बताए । उनका अनुसार धेरैजसो लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् । यस्तै एक वर्षमा पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । कास्कीमा स्विडेन र जर्मनका तथा मनाङमा अमेरिकाका पर्यटकको मृत्यु भएको आयोजना प्रमुख कडरियाले बताए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत ताइयोङले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए ।

Read More

काठ्माडौं । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ३ को गर्खा नजिकै रहेको गौरी सल्लामा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिए । चङ्खेली–२ का सुरेन्द्रबहादुर शाही र तिलबहादुर शाही, मुगुको रारा छायाँनाथ नगरपालिकाका रमेश मल्ल र पृथ्वी रावललाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए । यस्तै सामान्य घाइते भएका अन्य तीन जनालाई एम्बुलेन्समार्फत मुगु जिल्ला अस्पताल गमगढी लैजाने तयारी भइरहेको छ ।आज बिहान कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप दुर्घटना भएको थियो ।

Read More

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री आचार्यले आज प्रदेश सभामा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका नौ, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक गरी ११ जना सांसदले मतदान गरे । प्रदेश सभामा चार जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो । अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये सात वटा दलका सांसद र स्वतन्त्र सांसद खड्ग बस्नेतले आचार्यको पक्षमा मत दिएका छन् । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वाचित आचार्य गएको साउन ७ गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा…

Read More

काठ्माडौं । अर्घाखाँचीको सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।

Read More

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एक एक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले गोल गरेका थिए । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले गोल गरे । थप गोल नहुँदा खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । यो खेलसँगै लिगमा नयाँ सिजनको पहिलो चरणका १० खेल सकिएका छन् । पहिलो चरणमा ब्राइटन, आर्सनल, लिभरपुल, म्यानचेष्टर सिटी, एस्टनभिल्ला, ब्रेन्टफोर्ड, म्यानचेष्टर युनाइटेड र न्यूक्यासलले विजयी सुरुवात गरेका छन् । उनीहरुको समान…

Read More

काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार रोजगारीसहितको विकासको पक्षमा रहेको बताएका छन् । मंगलबार आज बिहान भएको विकासका लागि वित्तसम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले युवा श्रम शक्तिलाई बजारको माग अनुकूल स्वदेशमै रोजगार वा स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताए । साथै उनले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताए । उनले कुल गार्हस्थ्य उत्पादनका तुलनामा राजश्वको अनुपात तुलनात्मक रूपमा राम्रो देखिए पनि यसलाई दिगो बनाउनुपर्ने चुनौती रहेको बताए ।

Read More

काठ्माडौं । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । यो घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ । पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् । उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका बिरामीको जाँच गरेका…

Read More