Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
- रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
- बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन
- फुकिएको बेलुनको संज्ञाः सांसद डा.सिंह
- प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनगर्ठन, गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन नियुक्त
- गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
Author: SonyOtv Media
काठमाडौं । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् । सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान लिईदै छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी माग दावी छ । मुलुकी अपराध संहिता–२०७४ को…
काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ । विधेयकका सम्बन्धमा प्रमुख दलका शीर्ष नेताहरूले धारणा राख्ने भएका छन् । कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । उनले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बिमामा जोड्ने योजना रहेको उनले बताए। बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको भनाइ छ । मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताएका छन् । त्यस्तै, प्रदेश…
काठमाण्डौ । आइतबार शेयर बजारमा उच्च कारोबारले रेकर्ड कायम गरेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो । आज आइतबार ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से…
काठ्माडौं । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । अहिले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । महानगरसँग सम्झौता गरेको ठेकेदार कम्पनीले फिल्डमा काम शुरु गरेको हो । रङ्गशाला निर्माणको अनुमानित लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ छ । २०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल…
काठ्माडौं । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाको सामना गर्छ । खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ । शोधकर्ताले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौति पार गरेको बताएका छन् । यसअन्तर्गत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराई…
काटमाण्डौ । आज काठमाण्डौ आउनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शीतल निवासमा आज भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउने र सहयोगका क्षेत्र विस्तारबारे कुराकानी भएको थियो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आजै भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्री नेपालको…
काठमाडौं । बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् । पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले मृत्यु भएको हो । स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि…
काठमाडौं । निलम्बित सहसचिव चुडामणि शर्मा कारागारमा थुनामा पर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको इजलासले थुनी कारागारमा थुनामा हुनुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको हो । शर्माले यी चार निकायहरुका कारण आफू गैरकानूनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । उनी आफू गैरकानूनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । बाहिरै बसेर विशेष अदालतको फैसला विरुद्ध आफूले पुनरावेदन गर्न पाउनुपर्नेमा थुनिने परिस्थिती बनेको उनले जिकिर थिए। विशेष अदालतले गतवर्ष…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.