Author: SonyOtv Media

काठ्माडौं । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने जानकारी दिए । साथै पालिकाले चार लाख रुपैयाँ दिने भएको छ । पहिरोले टुमेडागाउँका वीरबहादुर धामीको घर पुरिँदा उनकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी चार जनाको मृत्यु भएको थियो । यसअघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपयाँ दिने घोषणा गरेको…

Read More

काठमाण्डौ । शेयर बजार साढे ३४ अङ्कले घटेको को छ । शेयर बजार परिसूचक नेप्से आइतबार ३४ दशमलव ४७ अङ्कले घटेर दुई हजार नौ सय ६६ दशमलव ३३ विन्दुमा झरेको छ । आज बैंक, बीमा र म्युचुअल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्सुरेन्स कर्पोरेशन, मल्टिपर्पोज फाइनान्स र सम्पदा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ । आज ६ करोड ५४ लाख ७५ हजार कित्ता शेयर २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै…

Read More

काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्‌बाट विधेयक समेत पारित भएकोमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेट्दै बधाई ज्ञापन गरेका हुन् । उपमन्त्री बर्माले नेपाल र अमेरिकाबीच ७७ वर्षदेखिको सम्बन्धको सम्झना गर्दै नेपालको विकासमा आफ्नो देश साझेदार हुन पाएकोमा खुसी समेत व्यक्त गरेका थिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार…

Read More

काठमाडौं । दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकी छिन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनकी १४ वर्षीया छोरी रमा घाइते भएको हो। ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं । सरकारले ५१ जना लेखा अधिकृतको पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।

Read More

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् । सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान लिईदै छ । नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी माग दावी छ । मुलुकी अपराध संहिता–२०७४ को…

Read More

काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदै छ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ । विधेयकका सम्बन्धमा प्रमुख दलका शीर्ष नेताहरूले धारणा राख्ने भएका छन् । कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Read More

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । उनले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बिमामा जोड्ने योजना रहेको उनले बताए। बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको भनाइ छ । मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताएका छन् । त्यस्तै, प्रदेश…

Read More

काठमाण्डौ । आइतबार शेयर बजारमा उच्च कारोबारले रेकर्ड कायम गरेको छ । शेयर बजार परिसूचक नेप्से आज साढे ९४ अङ्कले बढेर २८ सय विन्दुभन्दा माथि पुग्दा झन्डै २६ अर्ब रुपैयाँको कारोबार भएको हो । आज आइतबार ६ करोड तीन लाख २१ हजार कित्ता शेयर २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि–इन्सुरेन्स कम्पनीको एक अर्ब ५२ करोड र शिवम् सिमेन्टको एक अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से आज ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ विन्दुमा पुगेको छ । नेप्से…

Read More

काठ्माडौं । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । अहिले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । महानगरसँग सम्झौता गरेको ठेकेदार कम्पनीले फिल्डमा काम शुरु गरेको हो । रङ्गशाला निर्माणको अनुमानित लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ छ । २०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल…

Read More