Author: SonyOtv Media

काठमाडौँ । हालै निधन भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई शनिबार आज काठमाडौंमा स्मरण गरिएको छ । गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले कामतको निधन भएको १० दिनमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्‍याएको योगदानको चर्चा गरियो । कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताएका छन् । कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिए । उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन…

Read More

काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत बिजुली लिएका उद्योगीद्वारा उपभोग गरेको प्रमाण देखिने टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क पेस गरेपछि समितिले प्रमाण छान्न थालेको छ। नेकपा एमालेले नेतृत्व गरिरहेको लेखा समिति यसअघि एक पटक व्यापारीसँगको भेटघाटपछि उनीहरूको इशारामा प्रतिवेदन तयार गरेको विवादमा परिसकेको समयमा यस्तो विवरण प्राप्त भएको छ। समितिका सभापति ऋषिकेश पोखरेलले व्यापारीहरू भेटेको र समितिको प्रतिवेदन छलफल नै नगरी बाहिरबाट लेखाइएको आरोप लागेको थियो । तर सभापति पोखरेलले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । समितिमा करिब १ लाख पानाको विवरण प्राप्त भएको र सचिवालयले आजदेखि नै आवश्यक…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकका लागि एजेन्डाहरू तय गरिएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक आइतबार भोलीदेखि ललितपुरस्थित थसी बैंक्वेटमा सुरु हुँदैछ । बैठक साउन ३० गतेसम्म चल्नेछ । बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको पार्टीको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ पनि लिने छन् । जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा पार्टीको महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष…

Read More

काठ्माडौं । मानव अधिकारकर्मीको कडा विरोधको बीच राष्ट्रसंघका सदस्य राष्ट्रहरुले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् । न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेश गरिनेछ । अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिएका एएफपीले जनाएको छ । रूसले सन् २०१७ मा गरेको प्रारम्भिक प्रयासपछि अमेरिका र युरोपेली विरोधको बीच यो समिति गठन गरिएको थियो । यो अभिसन्धि ४० सदस्य राष्ट्रले अनुमोदन भएपछि लागू हुनेछ । यसले बाल यौन दुर्व्यवहार, सम्पत्ती शुद्धिकरणलगायतका ुसाइबर अपराधुलाई प्रभावकारी रूपमा रोक्न…

Read More

काठ्माडौं । गाजाको एउटा आश्रयस्थलमा इजरायलबाट भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा ९० जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका गाजाको हमास लडाकु नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । विद्यालयमा रहेको आश्रयस्थलमा इजरायली सेनाले हवाई आक्रमण गरेको सिभिल डिफेन्स एजेन्सीका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । इजरायलको सेनाले आक्रमण गर्नुको आफ्नो लक्ष्य विद्यालयमा रहेको हमासको कमाण्ड सेन्टर केन्द्रित भएको जनाएको छ । हमास लडाकु समूहले गएको अक्टोबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि इजरायलले जबाफी कारवाही गर्दै आएको छ । गाजाको हमास समूहद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणबाट अहिलेसम्म ३९ हजार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी…

Read More

काठमाण्डौ । भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । पारो एफसी यो पटक प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । होन्डाले तीन पटक विश्व कप खेलिसकेका छन् । उनी एशियाकै स्टार खेलाडी हुन् । होन्डाको आगमनसँगै टिम मजबुत बनेको टिमको बुझाई छ । होन्डा मात्र होइन यो पटक पारोले १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ । गएको वर्ष पनि पारो एएफसी कप छनौट खेल्न…

Read More

काठमाण्डौ । पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रवारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ…

Read More

काठ्माडौं । अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार आज बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका छन् । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

Read More

काठमाडौँ। भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट…

Read More

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार आज बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

Read More