Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
- जेन जी पुस्ताको प्रदर्शनलाइ मेयर बालेन्द्र शाहको समर्थन
- कांग्रेसद्धारा सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गर्ने उल्लेख
- आज खग्रास चन्द्रग्रहण लाग्ने ||
- राष्ट्रपति पौडेलले गरे ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकन
- भोली आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने
- सर्वोच्चको आदेशले स्थानीय त्रसित, थप २० मिटरले स्थानीय घरवारबिहिन
Author: SonyOtv Media
काठमाण्डौ । पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो । यो सङ्ख्या शुक्रवारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । सबैभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ…
काठ्माडौं । अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा शनिबार आज बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका छन् । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।
काठमाडौँ। भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो । खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट…
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार आज बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो । आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन अवधि दिइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
काठमाण्डौ । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर दुई हजार सात सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा २८ सय विन्दु पुगेकोमा बजार बन्द हुने बेलामा केही अङ्कले घटेको हो । आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक…
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिए । उनअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए । आज बिहान धादिङबेंसीबाट काठमाण्डौको लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा पहिरोसँगै रुख ढलेर लागेको हो ।
काठमाण्डौ । काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले हरायो । यो जीतसँगै भारतले ४ खेलमा १० अङ्क जोडेको छ । श्रीलङ्का ४ अङ्कसहित चौथो स्थानमा छ । प्रतियोगितामा आजै समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्दैछन् । नेपाल ३ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अङ्कविहीन हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पाँच वटा देश सहभागी प्रतियोगितामा इरान ४…
काठमाण्डौ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए। प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप हिजो बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लागेका हुन् । स्रोतका अनुसार देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेका छन् । त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा। डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८…
काठमाण्डौ, काठमाण्डौ उपत्यकामा तरकारीको भाउ थोरै घट्न थालेको छ । वर्षाले उपत्यका आसपासको जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा तरकारीको भाउ अत्यधिक बढेकोमा आपूर्ति बढेकाले भाउ घट्न थालेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । एक हप्ता अघिको तुलनामा गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार साउन ५ गते किलोको ९० रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज किलोको ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै एक हप्ता अघिको तुलनामा आलुको भाउ झन्डै चार प्रतिशतले घटेको छ । साउन ५ गते किलोको ८६ रुपैयाँमा कारोबार…
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.