Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
- रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
- बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन
- फुकिएको बेलुनको संज्ञाः सांसद डा.सिंह
- प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनगर्ठन, गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन नियुक्त
- गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
Author: SonyOtv Media
काठमाण्डौ । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर दुई हजार सात सय ९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा २८ सय विन्दु पुगेकोमा बजार बन्द हुने बेलामा केही अङ्कले घटेको हो । आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक…
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिए । उनअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए । आज बिहान धादिङबेंसीबाट काठमाण्डौको लागि छुटेको बाग्मती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रोबसमा पहिरोसँगै रुख ढलेर लागेको हो ।
काठमाण्डौ । काभा महिला भलिबल लिगमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा भारतले श्रीलङ्कालाई पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–२० ले हरायो । यो जीतसँगै भारतले ४ खेलमा १० अङ्क जोडेको छ । श्रीलङ्का ४ अङ्कसहित चौथो स्थानमा छ । प्रतियोगितामा आजै समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेल्दैछन् । नेपाल ३ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा छ । माल्दिभ्स भने अङ्कविहीन हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ । पाँच वटा देश सहभागी प्रतियोगितामा इरान ४…
काठमाण्डौ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए। प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप हिजो बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लागेका हुन् । स्रोतका अनुसार देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेका छन् । त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा। डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८…
काठमाण्डौ, काठमाण्डौ उपत्यकामा तरकारीको भाउ थोरै घट्न थालेको छ । वर्षाले उपत्यका आसपासको जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा तरकारीको भाउ अत्यधिक बढेकोमा आपूर्ति बढेकाले भाउ घट्न थालेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । एक हप्ता अघिको तुलनामा गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार साउन ५ गते किलोको ९० रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज किलोको ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै एक हप्ता अघिको तुलनामा आलुको भाउ झन्डै चार प्रतिशतले घटेको छ । साउन ५ गते किलोको ८६ रुपैयाँमा कारोबार…
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताएका छन् । समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताएका छन् । आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू…
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् । त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।
काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमान पुरै आगजनी भएको छ । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६, २ बमोजिम नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.