Author: SonyOtv Media

प्रशासनको कार्यालयमा छड्के : १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित, प्रमुखसहित कर्मचारीको हाजिरीमा रातो जिल्ला प्रशासन कार्यालयले गरेको छड्के अनुगमनमा जाजरकोटका १३ कार्यालयका १३१ जना कर्मचारी अनुपस्थित रहेको पाईएको छ । स्थानीय प्रशासनले आईतवार गरेको अनुगमनका क्रममा १० कार्यालयका कार्यालय प्रमुख सहित आधा भन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारका अनुसार अनुगमन गरिएका १३ कार्यालय मध्य ३ वटा कार्यालय प्रमुख मात्र कार्यालय उपस्थित रहेका थिए । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. प्रतिक्षा भारती, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र मालपोत कार्यालयका प्रमुख डिल्ली बहादुर केसी…

Read More