Author: SonyOtv Media

काठमाडौँ । नेकपा एमालेको आगामी मङ्सिर १६ गते ४४ पदमा स्थानीय तहको उपनिर्वाचन हुने भएको छ । एमालेको सचिवालय बैठकले हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । आव, शनिबार बसेको बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

Read More

काठमाण्डौ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गरेका आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए। गणेशमान जयन्तीको अवसरमा भक्तपुरको कटुञ्जेमा रहेको गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीमा गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो । सिंहले…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालको पूर्ण सफलताको कामना गरेका हुन् । ट्रम्प प्रतिस्पर्धी कमला ह्यारिसलाई हराउँदै हिजो अमेरिकाको ४७ औँ राष्ट्रपतिमा विजयी भएका हुन्। प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। यसअघि हिजो ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Read More

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’ को अवधारणा कार्यान्वयन गर्न लागिएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई प्रभावकारी जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारी कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी…

Read More

काठमाडौँ । दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व मनाइएको हो । गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ । महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई आराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ । गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ । गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल,…

Read More

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । आज, शनिबारदेखि शुरु भएको नेपाल संवत् ११४५ को अवसरमा ललितपुरको पाटनमा भएको कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् रहेको बताए । उनले नेपाल मण्डलको संस्कृति मौलिक संस्कृति, नेवार सभ्यता र संस्कृतिसँग जोडिएको भन्दै हाम्रा सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताए । नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा सांस्कृतिक कार्यक्रम गरिएको…

Read More

काठमाण्डौ । जाजरकोट भूकम्पको एक वर्ष बितेसँगै हालसम्म पुनर्निर्माणको थालनी हुन सकेको छैन । पोहोर अर्थात गएको बर्ष कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाको मृत्यु भएको थियो । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको काम हुन सकेको छैन । हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन…

Read More

काठमाण्डौ । काठमाण्डौ महानगरको प्रहरी बलले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटरमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टङ्केश्वरी क्षेत्रका ३२ वटा पसल सटरमा प्रहरी बलले अनुगमन गरेको छ । अनुगमनकै क्रममा यसअघि कोटेश्वरबाट आयातित विदेशी फूलका माला नियन्त्रणमा लिएको थियो ।

Read More

काठमाण्डौ । आज नेवार समुदायमा (म्हः) अर्थात् आत्म पूजा गरिदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ ।

Read More

आज बिहिबार तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा। देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताएका छन् । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।…

Read More