Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आज जुन २६ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस
- रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा
- बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन
- फुकिएको बेलुनको संज्ञाः सांसद डा.सिंह
- प्रधानमन्त्रीद्धारा मन्त्रिमण्डल पुनगर्ठन, गृहमन्त्रीमा गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री पुन नियुक्त
- गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह
- गृहमन्त्रीले भने,’म नैतिकताका आधारमा राजीनामा दिन्छु’
- बानेश्वरमा मृतकको संख्या १४ पुग्यो | कयौन घाइते ||
Author: SonyOtv Media
काठमाडौँ । दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइएको छ । मिथिलाञ्चलमा आज भाइटीका पर्व मनाइरहँदा गोधन पर्व मनाइएको हो । गोधनमा कुटिएको अन्न भाइलाई खुवाएर भातृद्वितिया पर्व मनाउने परम्परा समेत रहेको छ । महिलाहरू एक ठाउँमा जम्मा भएर मंगल गीत गाउँदै मधेसमा यो पर्व मनाउने परम्परा रहेको छ । गणेश भगवानलाई आराधना गर्दै सुरु गरिने यो पूजामा प्रकृतिको पूजा गरिन्छ । गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठारले पूजा गर्ने गरिन्छ । गोवर्द्धन पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल,…
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । आज, शनिबारदेखि शुरु भएको नेपाल संवत् ११४५ को अवसरमा ललितपुरको पाटनमा भएको कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् रहेको बताए । उनले नेपाल मण्डलको संस्कृति मौलिक संस्कृति, नेवार सभ्यता र संस्कृतिसँग जोडिएको भन्दै हाम्रा सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने बताए । नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा सांस्कृतिक कार्यक्रम गरिएको…
काठमाण्डौ । जाजरकोट भूकम्पको एक वर्ष बितेसँगै हालसम्म पुनर्निर्माणको थालनी हुन सकेको छैन । पोहोर अर्थात गएको बर्ष कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहितका जिल्लाका एक सय ५४ जनाको मृत्यु भएको थियो । हजारौं निजी घर, सयौं विद्यालय र सरकारी भवन क्षतिग्रस्त भए पनि अहिलेसम्म घर तथा संरचना पुनर्निर्माणको काम हुन सकेको छैन । हिउँद, वैशाख, जेठको गर्मी र बर्खे झरी टहरोमै बिताएका कतिपय पीडितले अबको हिउँद पनि टहरोमै बिताउनुपर्ने अवस्था छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन सकेको छैन…
काठमाण्डौ । काठमाण्डौ महानगरको प्रहरी बलले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटरमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टङ्केश्वरी क्षेत्रका ३२ वटा पसल सटरमा प्रहरी बलले अनुगमन गरेको छ । अनुगमनकै क्रममा यसअघि कोटेश्वरबाट आयातित विदेशी फूलका माला नियन्त्रणमा लिएको थियो ।
काठमाण्डौ । आज नेवार समुदायमा (म्हः) अर्थात् आत्म पूजा गरिदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ ।
आज बिहिबार तिहारको तेस्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाईंदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा। देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताएका छन् । आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।…
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाएको छ । नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री,वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । महानगरले आज बिहिबार सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्री,वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ । अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्री,वितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उनले ७० प्रतिशत प्रगति भएको दाबी गरेका हुन् । उनले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताएका छन् । अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ । सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता…
काठमाण्डौ । नेकपा एमालेले सहकारी ठगी प्रकरणको छानबिनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) लगायतका संस्था र व्यक्तिहरूले अवाञ्छित गतिविधि गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्तिमा संसद्ले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताउँदै प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् । सहकारी ठगी प्रकरणको अनुसन्धान चलिरहँदा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति तथा निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आरोप लगाउँदै छानबिनको…
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कात्तिक २ गते शुक्रवार र ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।
Quick Link
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.